Logo

बिग बासमा मेलबर्न र बिस्वेन भिड्दै

ई-खेलकुद २०७७ मंसीर २६ , शुक्रबार १०:१२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा आज मेलबर्न स्टार्स र ब्रिस्वेन हिटबिच प्रतिस्पर्धा हुदैछ । क्यानबेरामा हुने खेल नेपाली समयानुसार दिउँसो २ बजे सुरु हुनेछ । मेलबर्न ग्लेन म्याक्सवेल र बिस्बेन क्रिस लियोनको कमानीमा मैदान उत्रनेछन् । दुबै टोली सिजनको सुखद सुरुवातको योजनामा एकअर्काबिरुद्ध मैदान उत्रनेछन् ।
यसअघि हिजो भएको उद्घाटन खेलमा होबर्ट हुरिकेन्सले सिड्नी सिक्सर्सलाई १६ रनले हराउदै १० औ संस्करणको प्रतियोगीतामा सुखद सुरुवात गरेको थियो । बिग बासमा हुरिकेन्समा आबद्ध नेपाली लेग स्पिनर सन्दिप लामिछाने भने मंगलबारमात्र अष्ट्रेलिया जानेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?