Logo

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधि

ई-खेलकुद २०७८ जेठ ३ , सोमबार ०८:०५ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाको महिला टोलीले च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराती भएको फाईनलमा ईङलिश क्लब चेल्सीलाई ४–० ले हराउदै बार्साले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो ।
स्वीडेनमा भएको फाईनलमा बार्सिलोनालाई जिताउन एलेक्सिया पटेलास, आइतना बोनमती र कारोलिन ग्राहम हान्सेनले समान एक–एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । यसअघि सन् २०१९ को च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना फ्रान्सेली क्लब लियोनसँग ४–१ ले पराजित भएको थियो । चेल्सी भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?