Logo

बार्सा शीर्ष तीनमा, मेसीको २ गोल

ई-खेलकुद २०७७ पुस २३ , बिहीबार ०८:०१ मा प्रकाशित

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष तीनमा उक्लिएको छ । आफ्नो १७ खेलमा बार्साले एथ्लेटिको बिल्वाओलाई ३–२ गोल अन्तरले हरायो । बिल्वाओको मैदानमा बार्साले पुनरागमन जित हात पारेको हो । खेलको तेस्रो मिनेटमा नै इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । १४औं मिनेटमा पेड्रोले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो ।
६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–१ के अग्रतासंगै जितउन्मुख भएको थियो । ९०औैं मिनेटमा इकर मुनियनले गोल गरेपछि खेल ३–२ गोलको अवस्थामा सकियो । जितसंगै बार्साको १७ खेलबाट ३१ अंक भएको छ । उ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढि खेलेको बिल्बाओ भने २१ अङ्कमा तालिकाको नवौं स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?