Logo

बार्सा र एट्लेटिको मड्रिडको बराबरी

ई-खेलकुद २०७८ वैशाख २५ , शनिबार १०:०५ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेका एट्लेटिको मड्रिड र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । आज भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा पाहुना टोलीमाथी बल पोजिशनमा पकड बनाएपनि बार्साले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेन् ।
दोस्रो हाफमा एट्लेटिकोले केहि राम्रा अवसर खेर फालेको थियो । बराबरीसंगै एट्लेटिको मड्रिड ३५ खेलबाट ७७ अंकसहित शीर्ष स्थानमा कायमै छ । बार्साले समान खेलबाट ७५ अंक जोडेको छ । उ तालिकाको दोस्रो स्थानमा छ । यी दुई टोलीको बराबरीले तेस्रो स्थानमा रहेको रियल मड्रिडलाई फाईदा पुगेको छ । रियल ७४ अंकमा तेस्रो स्थानमा छ । उसले एट्लेटिको र बार्साभन्दा १ खेल कम खेलेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?