Logo

बार्सा बिल्बाओसंग बराबरीमा रोकियो

ई-खेलकुद २०७८ भदौ ६ , आईतबार ०८:०८ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना र एथ्लेटिको बिल्बाओले बराबरीको नतिजा निकालेका छन् । गएराति भएको खेलमा दुबै टोलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
बिल्बाओको मैदानमा घरेलु टोलीले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बिल्बाओले ५०औँ मिनेटमा इनिगो मार्टिनेजले गोलमा अग्रता बनाएको थियो ।
७५औँ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । खेलको इन्ज्युरी समयमा भने बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो । बार्सिलोनाका इरिक गार्सियाले रातो कार्ड पाएका थिए । बराबरीसँगै बार्सिलोनाले दुई खेलमा चार अङ्क बटुलेको छ । यसअघि उसले रियल सोसिडाडमाथि ४–२ गोलको जित निकालेको थियो । बिल्बाओको भने यो दोस्रो बराबरी हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?