Logo

बार्सा घरेलु मैदानमा युभेन्टससंग पराजित, म्यान युनाईटेड बाहिरियो

ई-खेलकुद २०७७ मंसीर २४ , बुधबार ०६:१२ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम लागेको छ । बार्सालाई घरेलु मैदानमा युभेन्टसले ३–० ले हराएसंगै उसको ५ खेलको अपराजित यात्रा टुंगीएको हो । योसंगै युभेन्टसले आफ्नो मैदानमा बार्सासंग भोगेको हारको बदला समेत लिएको छ । नाउक्याम्पमा १३ औ मिनेटमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टिमार्फत गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । २० औ मिनेटमा वेष्टन मकेनीले युभेन्टसको अग्रता दोब्बर पारेका थिए । ५२ औ मिनेटमा पाएको अर्को पेनाल्टिको अवसरलाई रोनाल्डोले नै जाली चुमाउदै टोलीलाई शानदार जित दिलाए । जितसंगै युभेन्टस समुह जीको शीर्ष स्थानमा रहदै नकआउटचरणमा प्रबेश गरेको छ । ६ खेलबाट १५ अंक जोडेको युभेन्टसले समान अंक भएको बार्सालाई गोलअन्तरमा पछि पारेको हो ।
सोहि समुहको खेलमा डाईनामो किभले फेरेन्भारोसीलाई १–० ले हरायो । च्याम्पियन्स लिगमा किभको यो पहिलो जित हो । समुह एचको खेलमा आरबी लाईपजिगले म्यानचेष्टर युनाईटेडलाई ३–२ ले हरायो । यो हारसंगै युनाईटेड समुहचरणबाटै बाहिरिएको छ । लाईपजिग भने १२ अंकमा समुहको शीर्ष स्थानमा पुगेको छ ।
पहिलो हाफमै २–० को अग्रता बनाएको लाईपजिगले दोस्रो हाफमा १ गोल थप्दै २ गोल खाएको थियो । बुर्नो फर्नाण्डेज र पउल पोग्बाले २ मिनेटको अन्तरमा २ गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
ग्रुप ई को चेल्सी र एफसी क्रास्डोनारले एक एकको बराबरी खेलेका छन् । सेभियाले रेन्नेसलाई ३–१ को अन्तरले हरायो । यो समुहबाट चेल्सी १४ अंकमा शीर्ष स्थानमा रहदै नकआउटचरणमा प्रबेश गर्यो । लाजियो १३ अंकमा समुहको दोस्रो स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ ।
लाजियो र क्लब ब्रुगले २–२ को नतिजा हात पार्दा बोरुसिया डर्टमण्डले जेनिट सेन्ट पिटर्सवर्गलाई २–१ ले स्तब्ध पार्यो । समुह एफबाट डर्टमण्ड १३ अंकसहित शीर्ष स्थानमा रहदै नकआउट चरणमा प्रबेश गर्यो । लाजियो १० अंकमा दोस्रो स्थानमा रह्यो । उसले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?