Logo

बार्सा कोपा डेल रे फुटबलको अन्तिम आठमा

ई-खेलकुद २०७७ माघ १५ , बिहीबार १०:०१ मा प्रकाशित

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रबेश गरेको छ । प्रिक्वार्टरफाईनल चरणको खेलमा गएराती रायो भल्कानोलाई २–१ गेल अन्तरले हराउदै बार्साले अन्तिम आठको यात्रा तय गरेको हो ।
भल्कानोको मैदानमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी र फ्रेन्की डी जोङले गोल गरे । भालेकानोका फ्रान गार्सियाले एक गोल गरे ।
खेलमा अग्रता भने खेलको ६३औं मिनेटमा गार्सियाको गोलमा घल्कानोले लिएको थियो । ६९ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्याए । ८०औं मिनेटमा डी जोङले गोल गर्दै बार्सिलोनाको जित सुश्चित गरे । मेस्सी यसै खेलबाट टोलीमा फर्किएका हुन् । प्रतिबन्धका कारण अर्जेन्टिनी स्टार मेस्सीले दुई खेल गुमाएका थिए । सुपर कपअन्तर्गत रियल सोसिडाडसँगको खेलमा रातो कार्ड पाएका मेस्सीलाई दुई खेलमा प्रतिबन्ध लागेको थियो । त्यसपछि उनले कोपा डेल रे अन्तर्गत कोर्नेला र इल्चेसँगको खेल गुमाएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?