Logo

बार्सा, एट्लेटिको मड्रिडसंग पराजित

ई-खेलकुद २०७७ मंसीर ७ , आईतबार ०६:११ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा एट्लेटिको मड्रिड र सेभिया विजयी भएका छन् । गएरातीका अन्य २ खेल भने बराबरीमा सकिएका छन् । बार्सिलोनालाई १–० ले हराउदै एट्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन यान्निक करास्कोले पहिलो हाफको अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो । एट्लेटिकोले १० बर्षपछि बार्सिलोनालाई हराएको हो । ८ खेलबाट २० अंक जोडेको एट्लेटिकोले शीर्ष स्थानको रियल सोसिडाडसंग अंक समेत बराबरी गरेको छ ।
गएराती नै सेभियाले सेल्टा डि भिगोलाई ४–२ ले हरायो । यो जितले उसलाई तालिकाको सातौ स्थानमा पुर्याएको छ ।
साविक विजेता रियल मड्रिड भियाररियलसंग एक एकको बराबरीम रोकिदा लेभान्ते र ईल्चेले पनि एक एकको बराबरी खेल्दै अंक बाँढेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?