Logo

बार्सालाई दोस्रो स्थानमा उक्लने मौका

ई-खेलकुद २०७८ वैशाख १२ , आईतबार ०५:०४ मा प्रकाशित

एजेन्सी । स्पेसिन ला–लिगा फुटबलमा आज विभिन्न ५ खेल हुदैछन् । आज उपाधि होडमा रहेको बार्सिलोनाले भियारियलसंग प्रतिस्पर्धा गर्नेछ । भियारियलको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राती ८ बजे सुरु हुनेछ । भियारियललाई हराउन सके बार्सा दोस्रो स्थानमा पुग्नेछ । आजको खेलमा पराजित भएको खण्डमा बार्साको उपाधि होड कमजोर हुनेछ । ३३ खेलबाट रियल मड्रिड ७१ अङ्कसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ७३ अंकमा शीर्ष स्थानमा रहेको छ । बार्सिलोना भने ६८ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।
४९ अंकमा तालिकाको सातौ स्थानमा रहेको भियारियल पनि घरेलु मैदानमा बार्सालाई हराउदै शीर्ष पाँचमा प्रबेश गर्ने योजनामा रहेको छ । आजै राती सेभियाले ग्रानाडासँग सेल्टा डि भिगोले ओसासुनासँग तथा हुएस्काले र गेटाफेसंग प्रतिस्पर्धा गर्नेछ ।
अर्को खेलमा शीर्ष टोली एट्लेटिको मड्रिडले एथ्लेटिको बिल्वाओसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?