Logo

बार्साको शानदार जित, रियल बराबरीमा रोकियो

ई-खेलकुद २०७७ पुस २६ , आईतबार ०७:०१ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना र सेभिया विजयी भएका छन् । रियल मड्रिड भने ओसासुनासंग गोलरहित बराबरीमा रोकिएको छ । ग्रानाडालाई ४–० को फराकिलो अन्तरले हराउदै बार्सा शीर्ष तीनमा प्रबेश गरेको हो । ग्रानाडाको मैदानमा बार्सालाई शानदार जित दिलाउन लियोनल मेस्सी र एन्टोनियो ग्रीजमनले दुई दुई गोल गरे । १२ औ मिनेटमा ग्रीजमनको गोलमा अग्रता बनाएको बार्साका लागि मेस्सीले ३५ र ४२ औ मिनेटमा गोल गरेका थिए । ६३ औ मिनेटमा ग्रीजमनले अर्को गोल गरेपछि बार्सा शानदार जित निकाल सफल बन्यो । ७८ औ मिनेटमा जिसस भालेजो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय घरेलु टोली ग्रानाडा १० खेलाडीमा सिमित बनेको थियो । १८ खेलबाट ३४ अंक जोडेको बार्सा तालिकाको तेस्रो स्थानमा पुगेको छ ।
सेभियाले रियल सोसिडाडलाई ३–२ गोल अन्तरले हरायो । जितका बाबजुत सेभिया तालिकाको छैठौ स्थानमा कायम छ । सोसिडाडसंग समान ३० अंक् भएपनि गोलअन्तरमा सेभिया पछि परेको हो ।
ओसासुनासंग गोलरहित बराबरीमा रोकिएसंगै रियल मड्रिडले शीर्ष स्थानमा पुग्नै मौका गुमाएको छ । १८ खेलबाट ३७ अंक जोडेको रियल शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा १ अंकले पछि छ । मड्रिड र एथ्लेटिको बिल्वाओबिचको गएरातीका लागि तय गरिएको खेल स्थगीत भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?