Logo

बार्साका २ स्टाफमा कोरोना सक्रमण

ई-खेलकुद २०७७ पुस २१ , मंगलबार ०९:०१ मा प्रकाशित

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनामा दुई स्टाफमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बार्साले गएराती विज्ञप्ति जारी गर्दै बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानका दुई स्टाफमा कोरोना सङ्क्रमण भएको जनाएको हो । दुई सदस्यमा कोरोना देखिएपछि आजका लागि तोकिएको प्रशिक्षण समेत स्थगीत भएको क्लबले जनाएको छ ।
बार्सिलोनाले भोली राति एथ्लेटिकोसंग उसैको मैदानमा खेल्दैछ । बार्साले आज टोलीका सबै खेलाडी र स्टाफको परिक्षण गर्ने जनाएको छ ।
सबै खेलाडीको कोरोना रिपोर्ट आएपछि मात्र क्लबको प्रशिक्षण सुरु गर्ने बार्सिलोनाले जनाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?