Logo

बार्साका प्रशिक्षक कोम्यान बर्खास्त

ई-खेलकुद २०७८ कात्तिक ११ , बिहीबार १०:१० मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । जारी सिजनको लिगमा क्लबले लगातार खस्कदो प्रर्दशन गरेपछि बार्साले प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको हो । पछिल्लो खेलमा बार्सा नवप्रबेशी रायो भल्कानोसँग १–० ले पराजित भएको थियो । त्यसको ३ घण्टापछि नै बार्साले प्रशिक्षक हटाउने निर्णय गरेको हो ।
नयाँ सिजनमा बार्सिलोनाले लगातार खराब प्रदर्शन गरिरहेको छ । स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेपछि लय गुमाएको बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती गरेको निर्णय कोम्यानलाई जानकारी गराएको हो । कोम्यानले १४ महिना प्रशिक्षकका रूपमा काम गरेका थिए । बार्सिलोनाले नयाँ सिजनको ला लिगामा १० खेलबाट जम्मा १५ अङ्क जोडेको छ । च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको छ । बार्सिलोना ला लिगाको अङ्कतालिकामा नवौं स्थानमा छ । यो सिजनको पहिलो एल क्लासिकोमा पराजित भएपछि केहीदिन अघि समर्थकले उनको गाडीमाथि आक्रमण प्रयास गरेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?