Logo

बायर्नको पुनरागमन जित, डर्टमण्ड पराजित

ई-खेलकुद २०७७ मंसीर १३ , शनिबार १०:११ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलमा बायर्न म्युनिखले पुनरागमन जित निकालेको दिन बोरुसिया डर्टमण्ड भने एफसी क्लोनसंग पराजित भएको छ । नवौ चरणको खेलमा बायर्नले स्टुटगार्टलाई ३–१ ले पराजित गरेको हो । खेलमा अग्रता भने २० औ मिनेटमा टान्गुए कोलिवालेको गोलमा स्टुटगार्टले लिएको थियो । ३८ औ मिनेटमा किंग्स्ले कोम्यानले बायर्नलाई बराबरीमा पुर्याए । रोबर्ट लेबान्डोस्कीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । ८७ औ मिनेटमा डग्लास कोष्टाले गोल गर्दै टोलीको जित निश्चित पारे ।
यो जितसंगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । ९ खेलबाट उसको २२ अंक भएको छ ।
बोरुसिया डर्टमण्ड भने एफसी क्लोनसंग २–१ ले स्तब्ध भयो । क्लोनलाई जिताउन दुबै गोल एलिस स्कीयरीले गरे । नवौ मिनेटमा पहिलो गोल गरेका उनले ६० औ मिनेटमा अर्को गोल थपेका थिए । डर्टमण्डका थोर्गन हाजार्डले सान्त्वना गोल फर्काए । यो जितले क्लोनलाई रेलिगेशन जोनबाट माथि पुर्याएको छ ।
आरबी लाईपजिगले आर्मेनिया बिलफेल्डलाई २–१ ले हराउदा युनियन बर्लिन र फ्रयाङकफर्टले ३–३ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?