Logo

बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

ई-खेलकुद २०७८ असार ३० , बुधबार ०९:०७ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोटको अन्तिम चरणको खेलका लागि जारी बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ५० खेलाडी मध्ये १४ जनालाई बाहिर राख्दै ३६ खेलाडीलाई बन्द प्रशिक्षणमा समेटेको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो चरणमा १४ खेलाडीलाई टोली बाहिर राख्दै ३६ जनालाई दोस्रो चरणको प्रशिक्षणमा बोलाएका हुन् ।
टोलीबाट गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिकचेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदेम्बे, शिसिर लेखी र सुदिल राई बाहिरिएका छन् । मिडफिल्डर विक्रम लामाले टिमसँग प्रशिक्षण गरिरहेका छन् । पूर्ण रूपमा फिट भए उनलाई टिम राखिने एन्फाले जनाएको छ ।

खेलाडीहरू : किरणकुमार लिम्बू, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, अपर्ण कार्की, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नीतिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजीव लोप्चन, रन्दीप पौडेल, रञ्जित धिमाल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुनिल बल, सुरजजेउ ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?