Logo

बंगलादेशसँग खेल्दै नेपालले सेन्ट्रल जोनको सुरुवात गर्ने

ई-खेलकुद २०७८ पुस ७ , बुधबार ०५:१२ मा प्रकाशित

काठमाडौं । बंगलादेशको ढाकामा भोलीबाट सुरु हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत पुरुषतर्फको खेल तालिका परिवर्तन भएको छ । यसअघि रहेको तालिका परिवर्तन गर्दै आयोजकले नयाँ तालिका प्रकाशन गरेको हो । जसमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ ।

भोली हुने खेल नेपाली समयानुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । माल्दिभ्सले अन्तिम समयमा प्रतियोगीता नखेने भएपछि आयोजकले खेलतालिका परिमार्जन गरेको हो । नेपाल रहेको समूह ए बाट अब चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र बंगलादेशसँगै उज्वेकिस्तान र श्रीलंका यो समूहमा रहेका छन् । नेपालले दोस्रो खेल उज्वेकिस्तान र अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?