Logo

बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी

ई-खेलकुद २०७८ भदौ २४ , बिहीबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । अन्तराष्ट्रिय मैत्रीपुर्ण महिला फुटबलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशविरुद्ध नेपालले २–१ को जित दर्ता गरेको हो । प्रशिक्षक ग्यारी फिलिप्स र दशरथ रंगशालाको डेब्यु खेलमा नेपाललाई जिताउन प्रिती राई र सविता रानाले गोल गरे । राष्ट्रिय टोलीमा डेब्यु गरेका दुबै खेलाडीले पहिलो खेलमै गोल गरेका हुन् । पहिलो हाफमामै २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल खाएको थियो । १३ औ मिनेटमा रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । २४ औ मिनेटमा प्रितिले गोल गर्दै पहिलो हाफभर नेपाललाई २–० को अवस्थामा पुर्याएका थिए ।
मुख्य स्टाईकर साबित्रा भण्डारीबिनै मैदान उत्रिएको टोलीले दोस्रो हाफमा भने केहि दबाव भोगेको थियो । बङ्गलादेशकी तोहुरा खातुनले सान्त्वना गोल फर्काईन । उनले खेलको ८४ औ मिनेटमा गोल गर्दै अन्तर घटाएकी थिईन् । एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र बंगलादेशवीचको दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?