Logo

फ्रेन्डसविरुद्ध संकटाको पुनरागमन जित

ई-खेलकुद २०७८ मंसीर १० , शुक्रबार ०७:११ मा प्रकाशित

काठमाडौं । संकटा फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दतौ गरेको छ । आज भएको खेलमा फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले हराउदै संकटा तालिकाको दोस्रो स्थानमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १–० ले पछि परेको अवस्था उल्टाउदै संकटाले पुनरागमन जित निकालेको हो । संकटाको जितमा निरज बस्नेत र फोडे फोफानाले गोल गरे । फ्रेन्ड्सका प्रकाश बुढाथोकीले एक गोल गरे ।

खेलमा अग्रता भने ४२ औ मिनेटमा बुढाथोकीको गोलमा फ्रेन्डसले लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेपनि संकटा दोस्रो हाफमा खेलमा फर्कियो । ५७ औं मिनेटमा निरजले गोल गर्दै टोलीलाई एक एक गोलको बराबरीमा ल्याए । नियमित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा फोफानाले गोल गरेपछि संकटाले महत्वपुर्ण अंक हात पार्यो ।

खेलमा संकटाका निरज बस्नेत म्यान अफ दि म्याच घोषित भए । २ खेलबाट ४ अंक जोडेको संकटा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । सातदोबाटो युथ क्लबसँग अंक बराबर भएपनि गोलअन्तरमा पछि रहँदै संकटा पछि परेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?