Logo

फ्रेन्च लिगमा पिएसजी शीर्ष स्थानमा

ई-खेलकुद २०७७ फागुन २ , आईतबार ०७:०२ मा प्रकाशित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । २५ औ चरणको खेलमा गएराती नाईसलाई २–१ गोल अन्तरले हराउदै पिएसजी तालिकाको शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा पिएसजीलाई जिताउन जुलियन ड्राक्जलर र मोइसे किनले गोल गरे । नाइसका रोनी लोपेजले एक गोल फर्काए । २५ खेलबाट ५४ अंक जोडेको पिएसजीले समान अंक भएको लिलीलाई गोल अन्तरमा पछि पारेको हो । खेलको २२ औ मिनेटमा ड्राक्जलरले पिएसजीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको पाँचौ मिनेटमै लोपेजले गोल गर्दै नाइसलाई बराबरीमा पुर्याएका थिए । ७६ औ मिनेटमा किनले गोल गर्दै पिएसजीलाई महत्वपुर्ण जित दिलाए ।
गएरातीनै शीर्षताको होडमा रहेको लियोन मोन्टपिल्लरसंग २–१ ले पराजित भयो । उसको हारले पिएसजी र लिलीलाई फाईदा पुगेको छ । लेन्स र रिम्सले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?