Logo

फ्रेन्च कप फुटबलको उपाधि पिएसजीलाई

ई-खेलकुद २०७८ जेठ ६ , बिहीबार ०९:०५ मा प्रकाशित

एजेन्सी । फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ । गएराती भएको फाइनल खेलमा मोनाकोलाई २–० गोलले हराउँदै पिएसजीले उपाधि हात पारेको हो । स्टेड डी फ्रान्स स्टेडियममा पिएसजीलाई जिताउन माउरो इकार्डी र केलियन एम्बाप्पेले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको १९औँ मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको पिएसजीले खेलको अन्तिम समयमा अर्को गोल गर्दै जित निकालेको थियो । ८१ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर पारे । योसंगै पिएसजीले १४औँ पटक फ्रेन्च कपको उपाधि आफ्नो नाममा लेखाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?