Logo

फ्रान्ससंग पोर्चुगलको बराबरी, दुबै टोली नकआउटमा

ई-खेलकुद २०७८ असार १० , बिहीबार ०६:०६ मा प्रकाशित

एजेन्सी । विश्वकप विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलले १६औँ संस्करणको युरो कप फुटबलमा बराबरीको नतिजा निकालेकाछन् । यो बराबरीसंगै साविक विजेता पोर्चुगलले अघिल्लो चरणमा स्थान बनाएको छ । गएराती भएको समूह चरणको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २–२ गोलको बराबरी खेलेका हुन् ।
हङ्गेरीस्थित पुस्कास स्टेडियममा पोर्चुगलका लागि दुबै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । फ्रान्सका लागि दुबै गोल करिम बेन्जेमाको नाममा रह्यो । ३० औँ मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए ।
सन् २०१५ यता बेन्जेमाले फ्रान्सका लागि पहिलो गोल गरेका हुन् । ४८ औँ मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । खेलको ६० औँ मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगल बराबरीमा पुगेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा त्यसपछिको समय दुबै टोलीबाट थप गोल हुन सकेन् । यो बराबरीसंगै फ्रान्स समुह एफको विजेताका रुपमा नकआउट चरणमा प्रबेश गर्यो भने पोर्चुगल तेस्रो स्थानमा रहेर अघिल्लो चरणमा स्थान बनायो । फ्रान्सले तीन खेलमा ५ अङ्क जोड्यो । यो समुहबाट जर्मनी उपविजेताका रुपमा अघिल्लो चरणमा प्रबेश गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?