Logo

फेडेररको संर्घषपुर्ण जित, नाडाल र जोकोभिचपनि अघिल्लो चरणमा

ई-खेलकुद २०७८ जेठ २३ , आईतबार ०९:०६ मा प्रकाशित

एजेन्सी । स्वीस रोजर फेडेरर, स्पेनी राफायल नाडाल,सर्बियन नोभाक जोकोभिच र अर्जेन्टिेनी डिएगो स्वार्जमेन फ्रेन्च ओपन टेनिसको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेका छन् ।
गएराती भएको अन्तिम ३२ को प्रतिस्पर्धामा ३९ बर्षिय फेडेररले जर्मनीका डोमिनिक कोपफेरबिरुद्ध संर्घषपुर्ण जित निकाले । पहिलो सेटमा ७–६ को जित निकालेका फेडेररले दोस्रो सेट ६–७ ले गुमाएका थिए । त्यसपछिका सेटमा ७–६ र ७–५ को जित निकाल्दै फेडेररले अघिल्लो चरणमा स्थान बनाए । २० पटकका ग्रान्ड स्लाम विजेता फेडेररले ३ घण्टा ३५ मिनेट कोर्टमा खर्चिए ।
तेस्रो वरीयताका स्पेनी नाडालले ईङल्याण्डका क्यामरुन नरीलाई सोझो सेटले पाखा लगाए । उनले तीनै सेटमा समान ६–३ को नतिजा निकाले ।
शीर्ष वरीयताका जोकोभिचले लिथुनियाका रिकार्डस बेरानकिसलाई सोझो सेटले स्तब्ध पारे । पहिलो सेटमा ६–१ को जित निकालेका जोकोभिचले त्यसपछिका सेटमा ६–४ र ६–१ के जित आत्मसात गरे । स्वार्जमेनले जर्मनीका फिलिप कोल्स्रेबरलाई सोझो सेटले पराजित गरे ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै अमेरिकी कोरी गाउफ,ग्रीसकी मारिया साकिरी र अमेरिकी स्लोन स्टेफेन्स चौथो चरणमा प्रबेश गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?