Logo

फुटबल टोलीका थप २ खेलाडीमा कोरोना सक्रमण

ई-खेलकुद २०७७ कात्तिक १८ , मंगलबार ११:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशसंगको मैत्रीपुर्ण खेलका लागि प्रशिक्षणरत राष्ट्रिय फुटबल टोलीका थप २ सदस्यमा कोरोना सक्रमण पुष्टि भएको छ । आज दोस्रो पटक गरिएको परिक्षणमा २ खेलाडीको रिर्पोट पोजेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । उनीहरुको नाम सार्बजनिक गरिएको छैन् ।

योसंगै प्रशिक्षणमा बोलाईएका ३४ मध्ये ७ खेलाडीमा सक्रमण देखिएको छ । यसअघि ५ जनामा कोरोना सक्रमण पुष्टि भईसकेको छ । पछिल्लो पटक सक्रमण देखिएका दुबै खेलाडीलाई होटलको आईसोलेशनमा राखिएको छ । बंगलादेश भ्रमणमा टोलीसंगै जाने तयारीमा रहेका २ पत्रकारमा पनि सक्रमण देखिएको एन्फाले जनाएको छ ।

२ खेलको मैत्रीपुर्ण खेल खेल्न नेपाली टोली बिहिबार ढाका प्रस्थान गर्नेछ । नेपाल र बंगलादेशबिच कातिृक २८ र मंसिर २ गते मैत्रीपुर्ण खेल हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?