Logo

फिलिपिन्सविरुद्व नेपाल फराकिलो जितको खोजीमा

ई-खेलकुद २०७८ फागुन ७ , शनिबार १२:०२ मा प्रकाशित

काठमाडौं । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपालले आज अपरिचित प्रतिद्धन्दी फिलिपिन्ससँग खेल्दैछ । मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बिहान पौने १२ बजे सुरु हुनेछ । पहिलो खेलमा हिजो आयोजक ओमानलाई ३९ रनले हराएको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलनजिक पुग्ने योजनामा हुनेछ ।

अन्तराष्ट्रिय क्रिकेटमा भर्खरै फड्को मारेको फिलिपिन्सविरुद्व नेपाली टोली फराकिलो जितको लक्ष्यमा हुनेछ । तुलनात्मक रुपमा कमजोर टोली फिलिपिन्सलाई फारकिलो अन्तरले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा हुनेछ । पहिलो खेलमा क्यानडासँग १ सय १८ रनले पराजित भएको फिलिपिन्स नेपालविरुद्व सुधारिएको प्रर्दशन गर्ने योजनामा हुनेछ । पहिलो पटक ग्लोबल क्वालिफायर खेलेको प्यासिफिक टोली अनुभवका हिसाबले पनि कमजोर रहेको छ ।
यद्यपी आप्रवासी खेलाडीको बाहुल्यता रहेको टोलीसँग नेपाल सर्तक हुदै संयमित खेल खेल्न आवश्यक छ । फिलिपिन्सको टोलीमा भारत, पाकिस्तान, श्रीलंकाली मुलका खेलाडीको बाहुल्यता रहेको छ । फिलिपिन्सलाई फराकिलो अन्तरले हराउन सके नेपालको सेमिफाइनल प्रबेशको संभावना बलियो बन्नेछ । अन्तिम खेल कयानडासँग रहेकाले पनि नेपाललाई नेटरनरेटमा सुधार गर्दै शीर्ष स्थानमा पुग्न आज फराकिलो अन्तरको जित आवश्यक छ । आजै ओमान र क्यानडापनि प्रतिस्पर्धा गर्नेछन् । आज नेपालले फिलिपिन्सलाई तथा क्यानडाले ओमानलाई हराए नेपाल र क्यानडा एक खेल अगावै प्रतियोगीताको सेमिफाइनलमा पुग्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?