Logo

फिफा वरीयतामा नेपाल अघिल्लै स्थानमा यथावत

ई-खेलकुद २०७८ मंसीर ४ , शनिबार ०४:११ मा प्रकाशित

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल अघिल्लै स्थानमा यथावत रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६९ औ स्थानमा कायम रहेको हो । यसअघिको वरीयतामा पनि नेपाल सोहि स्थानमा थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ४ र माल्दिभ्स १ सय ५७ औं स्थानमा छन् । नेपालपछि भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

विश्व फुटबलको शीर्ष स्थानमा बेल्जियम यथावत रहँदा ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थानमा रहेका छन् । इंग्ल्यान्ड चौथो, अर्जेन्टिना पाँचौ र ईटाली छैटौ स्थानमा छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?