Logo

प्रिमियर लिगमा लिभरपुल र एभर्टनको बराबरी

ई-खेलकुद २०७७ कात्तिक १ , शनिबार ०७:१० मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुल र एभर्टनले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । आज भएको खेलमा लिभरपुल १० खेलाडीमा सिमित एभर्टनसंग उसैको मैदानमा बराबरीमा रोकिएको हो ।
खेलमा लिभरपुलले २ पटक अग्रता बनाएपनि त्यसलाई रक्षा गर्न सकेन् । तेस्रो मिनेटमा सादियो मानेको गोलमा लिभरपुलले बनाएको अग्रता १९ औ मिनेटमै सकिएको थियो । माइकल किनले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए । ७२ औं मिनेटमा मोहम्मद सलाहले दोस्रो पटक लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपछि डोमिनिक लेविनले एभर्टनलाई दोस्रो पटक बराबरीमा पुर्याउदै टोलीलाई हारबाट जोगाएका थिए ।
खेलको अन्तिम समयमा रिचार्लीसनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय एभर्टन १० खेलाडीमा सिमित बन्यो । ५ खेलबाट लिभरपुलको १० अंक भएको छ । समान खेलबाट एभर्टनको १३ अंक छ । जारी सिजन उसको यो पहिलो बराबरी हो । ४ जित र एक बराबरीसंगै एभर्टन शीर्ष स्थानमा कायम रहेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?