Logo

प्रिमियर लिगमा म्यान सिटीको तेस्रो जित

ई-खेलकुद २०७७ कात्तिक १५ , शनिबार ०८:१० मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलमा तेस्रो जित निकालेको छ । आफ्नो छैटौ खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १–० ले पराजित गरेको हो । सेफिल्डको मैदानमा सिटीलाई जिताउन केल वाल्करले २८ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा अधिकांश समय घरेलु टोलीलाई दबावमा राखेको सिटीका थप आधा दर्जन प्रयास विफल बनेका थिए । ६ खेलबाट ११ अंक जोडेको सिटी तालिकाको सातौ स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगमा आजै राती पौने ९ बजे चेल्सी र बर्नली आमने सामने हुनेछन् । बर्नलीको मैदानमा हुने खेलमा घरेलु टोली सिजनको पहिलो र चेल्सी तेस्रो जितको खोजीमा रहनेछन् ।
आजको अन्तिम खेलमा राती सवा ११ बजे लिभरपुल र वेष्टह्याम युनाईटेडबिच प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल सहज जित संगै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने योजनामा रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?