Logo

प्रिमियर लिगमा चेल्सी र वेष्टह्याम विजयी

ई-खेलकुद २०७७ फागुन २५ , मंगलबार ०६:०३ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा चेलसी र वेष्टह्याम युनाईटेड विजयी भएका छन् । गएराती एभर्टनलाई २–० ले हराउदै चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसंगको दुरी ३ अंकमा झारेको हो । घरेलु मैदानमा चेल्सीलाई जिताउन जर्जिन्होले पेनाल्टिमार्फत एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । ३१ औ मिनेटमा एभर्टनले आत्माघाती गोल गरेपछि खेलमा चेल्सीले अग्रता लिएको थियो । ६५ औ मिनेटमा जर्जिन्होले अर्को गोल गरेपछि चेल्सी विजयी बन्यो । २८ खेलबाट ५० अंक जोडेको चेल्सी तालिकाको चौथो स्थानमा कायम छ ।
गएराती नै वेष्टह्याम युनाईटेडले लिड्स युनाईटेडलाई २–० ले पराजित गर्यो । यो जितले वेष्टह्यामलाई तालिकाको पाँचौ स्थानमा पुर्याएको छ । २७ खेलबाट ४८ अंक जोडेको वेष्टह्याम चौथो स्थानको चेल्सी भन्दा २ अंकले पछि छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?