Logo

प्रिमियर लिगमा आज म्यान युनाईटेड र एष्टन भिल्ला भिड्दै

ई-खेलकुद २०७७ पुस १७ , शुक्रबार ०७:०१ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा आज बिभिन्न २ खेल हुदैछन् । बर्ष २०२१ को पहिलो खेलमा राती सवा ११ बजे एभर्टन र वेष्टह्याम युनाईटेड प्रतिस्पर्धा गर्नेछन् । घरेलु मैदानमा हुने खेलमा एभर्टन १० औ जितसंगै केहि समयका लागि तालिकाको दोस्रो स्थानमा पुग्ने योजनामा रहेको छ । आज जित निकाल्न सके एभर्टनले शीर्ष स्थानको लिभरपुरसंगको दुरी १ अंकमा झार्नेछ । २३ अंकमा तालिकाको १० औ स्थानमा रहेको वेष्टह्याम माथिल्ला ५ टोलीसंग अंक बराबरी गर्ने दाउमा छ ।
आजको दोस्रो खेलमा राती पौने २ बजे म्यानचेष्टर युनाईटेड र एष्टनभिल्ला प्रतिस्पर्धा गर्नेछन् । ओल्ड ट्राफोर्डमा घरेलु टोली म्यान युनाईटेड सहज जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गर्ने प्रयासमा रहनेछन् । पाँचौ स्थानको एष्टनभिल्ला पनि नयाँ बर्षमा सुखद सुरुवात गर्ने योजनामा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?