Logo

प्रिमियर लिगका १० जनामा कोरोना सक्रमण

ई-खेलकुद २०७७ असोज १३ , मंगलबार ०८:०९ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिगका केहि खेलाडी सहित १० जनाका कोरोना सक्रमण पुष्टि भएको छ । नयाँ सिजन जारी रहेका बेला सेप्टेम्बर २१ देखी २७ सम्म गरिएको परिक्षणका क्रममा लिगका खेलाडी र स्टाफ गरी १० जनाको परिक्षण रिर्पोट नेगेटिभ आएको हो । यो अबधीमा १ हजार ५ सय ९५ खेलाडी तथा स्टाफको स्वाव संकलन गरी परिक्षण गरिएको थियो । लिग खेल्ने सबै क्लबका खेलाडी तथा स्टाफको पछिल्लो समय परिक्षण गरिएको हो । सक्रमितहरुको विवरण सार्बजनिक गरिएको छैन् । सेप्टेम्बर १२ मा नयाँ सिजन सुरु भएयता प्रिमियर लिगले पहिलो पटक सबै खेलाडी र स्टाफको परिक्ष्ँण गरेको हो ।
यसअघि वेष्टह्यामका केहि खेलाडी तथा स्टाफमा कोरोना सक्रमण पुष्टि भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?