Logo

प्रशिक्षक बर्खास्त गर्न खेलाडीको माग,एन्फा मध्यमार्गी बाटो खोज्दै

ई-खेलकुद २०७९ वैशाख १५ , बिहीबार ०५:०४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द क्याम्पबाट बिद्रोह गरेका १० जना सिनियर खेलाडीले प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको बर्हिगमनलाई पहिलो सर्तका रुपमा अघि सारेका छन् । मुख्य प्रशिक्षक अलमुताईरीको व्यबहारका कारण आफुहरु समस्यामा परेको भन्दै उनीहरुले उनलाई हटाएर नयाँ प्रशिक्षक ल्याउन अखिल नेपाल फुटबल संघ एन्फासँग माग समेत गरेका छन् ।

उनको कार्यशैली र क्षमताले नेपाली फुटबल अघि बढ्न नसक्ने निर्णय उनीहरुले एन्फा पदाधिकारीसमक्ष राखेका हुन् । अलमुताईरीले खेलाडीहरु प्रति अनुदार व्यवहार प्रर्दशन गरेको भन्दै प्रशिक्षणमा रहेका १० खेलाडीले बिद्रोह गरेका थिए । त्यसपछि एन्फा पदाधिकारीले विवाद मिलाउन पहल गरिरहेको छ । यद्यपी खेलाडीले अलमुताईरीको बर्हिगमनलाई पहिलो सर्त बनाएका हुन् ।

एन्फाले दुबै पक्षलाई राखेर समाधानको पहल गर्ने बताएपनि त्यसलाई उनीहरुले अस्वीकार गरेका छन् । खेलाडीहरुले छुट्टै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?