Logo

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको खेल तालिका सार्बजनिक

ई-खेलकुद २०७८ पुस २२ , बिहीबार ०४:०१ मा प्रकाशित

काठमाडौं । अर्को साताबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीता पौष २६ देखी माघ ५ गतेसम्म किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ । सात प्रदेश र तीन विभागीय गरी १० टोलीले खेल्ने प्रतियोगीताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ क्यानले आज १० टोलीलाई २ समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह एमा आर्मी र कर्णालीसँगै नेपाल पुलिस, सुदुरपश्चिम प्रदेश र प्रदेश एक रहेका छन् ।
समूह बीमा नेपाल एपीएफ, प्रदेश दुई, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
आसन्न टी–२० विश्वकपको ग्लोबल छनोटलाई ध्यानमा राखी क्यानले २० ओभरको प्रतियोगीता गर्न लागेको हो । समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल खेलहरु माघ ४ गते हुनेछ । त्यसको भोलीपल्ट फाइनल खेल हुनेछ । नेपालमा ७ वर्षपछि टी–२० फर्मेटमा राष्ट्रिय प्रतियोगीता हुन लागेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?