Logo

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुदै

ई-खेलकुद २०७७ माघ ५ , सोमबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा आज पनि दुई खेल हुदैछन् । आज समुह बी अन्तर्गतका बाग्मती र सुदुरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने बिहान साढे ९ बजे सुरु हुने खेलमा बाग्मती लगातार दोस्रो जितको खोजीमा रहनेछ । पहिलो खेल खेल्न लागेको सुदुरपश्चिम भने प्रतियोगीताको सुखद सुरुवात गर्ने योजनामा छ । बाग्मती ज्ञानेन्द्र मल्ल र सुदुरपश्चिम सन्तोष भट्टको कमानीमा मैदान उत्रनेछ ।
सोहि समय मुलपानी क्रिकेट मैदानमा समुह ए अन्तर्गतका गण्डकी र प्रदेश एक प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा पराजित दुबै टोली प्रतियोगीतामा पहिलो जित निकाल्ने योजनामा छन् । प्रदेश एक एपीएफ र गण्डकी प्रदेश आर्मीसंग पराजित भएका थिए ।
युवा खेलाडीको बाहुल्यता रहेको प्रदेश एक सिद्धान्त लोहनी र गण्डकी प्रदेश बिपिन खत्रीको कमानीमा मैदान उत्रनेछन् ।
यसअघि हिजो भएको खेलमा बाग्मतीले नेपाल पुलिसलाई तथा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?