Logo

प्रधानमन्त्री कप क्रिकेटमा सुदुरपश्चिमको सान्त्वना जित

ई-खेलकुद २०७७ माघ ११ , आईतबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा सान्त्वना जित निकालेको छ । समुहचरणको आफ्नो अन्तिम खेलमा प्रदेश दुईलाई ३ विकेटले हराउदै सुदुरपश्चिमले प्रतियोगीताको सुखद अन्त्य गरेको हो । प्रदेश दुईले दिएको १ सय ९६ रनको चुनौती सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा सन्जु धिमालले ५७ र कप्तान खडक बोहोराले ४३ रनको योगदान गरे । गजेन्द्र बोहोराले ३९ र अरुण ऐरीले १९ रन बनाए ।
प्रदेश दुईका कुमार थापाले ३ विकेट लिए । यस्तै हरिशंकर साहले २ तथा विवेक यादव र रबि साहले समान एक विकेट लिए ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको प्रदेश दुई ४२ ओभरमा १ सय ९५ रनमा समेटिएको थियो । प्रदेश दुईका हरिशंकर साहले ६० रन बनाए । विवेक यादवले ४१ र महबुब आलमले २३ रन जोडे । सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले समान ३ तथा अरुण ऐरीले एक विकेट चट्काए ।
जितसंगै यसअघिनै बाहिरिसकेको सुदुरपश्चिमले समूह ’बी’ मा ४ खेलबाट २ अंक जोडदै प्रतियोगीता सकाएको छ । यो हारले प्रदेश दुईको यात्रा पनि एक खेल अगावै पहिलो चरणमै सिमित बनेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?