Logo

प्रधानमन्त्री कपमा बाग्मती र लुम्बिनी तथा सुदुरपश्चिम र प्रदेश दुई भिड्दै

ई-खेलकुद २०७७ माघ ११ , आईतबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा आज पनि २ खेल हुदैछन् । आज समुह बी अन्तगर्तका ४ टोली प्रतिस्पर्धामा उत्रन लागेका हुन् । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ९ बजे सुदुरपश्चिम र प्रदेश दुई प्रतिस्पर्धामा उत्रनेछन् । सुरुवाती तीनै खेलमा हार भोगेको सुदुरपश्चिम प्रतियोगीताको सुखद अन्त्यको योजनामा रहदा प्रदेश दुईपनि तेस्रो खेलमा पहिलो अंकको खोजीमा रहेको छ ।
सोहि समय मुलपानी क्रिकेट मैदानमा बाग्मती र लुम्बिनी प्रदेश प्रतिस्पर्धामा उत्रनेछन् । लुम्बिनीबिरुद्ध मैदान उत्रदा बाग्मती प्रदेश अपराजित रहदै समुह बिजेताको रुपमा सेमिफाईनल प्रबेश गर्ने योजनामा हुनेछ । बलियो टोली बाग्मतीलाई हराउन सके, लुम्बिनीको पनि अनितम चारमा प्रबेश गर्ने संभावना कायमै रहनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?