Logo

प्रधानमन्त्री कपमा आज दुई खेल हुदै

ई-खेलकुद २०७७ माघ ४ , आईतबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा आजबाट दुई खेल सुरु हुदैछन् । प्रतियोगीताको तेस्रो खेलमा समुह बी अन्तर्गतका नेपाल पुलिस र बाग्मती प्रदेश प्रतिस्पर्धा गर्नेछन् । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । बाग्मती ज्ञानेन्द्र मल्ल र विभागीय टोली पुलिस मन्जीत श्रेष्ठको कमानीमा मैदान उत्रनेछन् । प्रतियोगीताको पहिलो खेल खेल्न लागेका दुबै टोली सुखद सुरुवातको योजनामा रहेका छन् ।
सोहि समय मुलपानी क्रिकेट मैदानमा अर्को बिभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशसंग खेल्नेछ । समुह ए मा रहेको आर्मी लगातार दोस्रँे जितसंगै सेमिफाईनल नजिक पुग्ने दाउमा छ । पहिलो खेल खेल्न लागेको कर्णाली भने विभागीय टोलीबिरुद्ध संयमित प्रर्दशनको लक्ष्यमा छ । आर्मी बिनोद भण्डारी र कर्णाली रबिन्द्रजंघ शाहिको कमानीमा रहेका टोली हुन् ।
प्रधानमन्त्री कपमा ३ विभागीय र ७ प्रदेशका गरी १० टोलीको सहभागीता रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?