Logo

प्रधानमन्त्री कपमा आज कर्णाली र प्रदेश एक तथा बाग्मती र प्रदेश दुई भिड्दै

ई-खेलकुद २०७७ माघ ९ , शुक्रबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा आज पनि दुई खेल हुदैछन् । आज समुह ए अन्तर्गतका कर्णाली र प्रदेश एक तथा समुह बी का बाग्मती र प्रदेश दुई प्रतिस्पर्धामा उत्रनेछन् ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ९ बजे एकअर्काबिरुद्ध मैदान उत्रदा कर्णाली दोस्रो र प्रदेश एक पहिलो जितको खोजीमा रहनेछन् । गण्डकी प्रदेशलाई हराएको कर्णाली प्रदेश एकबिरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ । यसअघिका तीनै खेलमा पराजित हुदै समुहचरणबाटै बाहिरिएको प्रदेश एक कर्णालीलाई हराउदै प्रतियोगीताको सुखद अन्त्य गर्ने दाउमा छ ।
सोहि समय मुलपानी क्रिकेट मैदानमा बाग्मती र प्रदेश दुई आमने सामने हुनेछन् । सुरुवाती दुबै खेलमा जित निकालेको बाग्मती तेस्रो जितसंगै अघिल्लो चरण प्रबेश गर्ने लक्ष्यमा छ । पहिलो खेल गुमाएको प्रदेश दुई भने बलियो टोलीलाई हराउदै प्रतियोगीताको पहिलो अंक जोड्ने दाउमा रहेको छ ।
यसअघि हिजो भएको खेलमा नेपाल पुलिस र एपीएफ विजयी भएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?