Logo

प्रधानमन्त्री कपमा आज आर्मी र एपीएफ तथा पुलिस र प्रदेश दुई भिड्दै

ई-खेलकुद २०७७ माघ १२ , सोमबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा आज समुह चरणका अन्तिम दुई खेल हुदैछन् । आज समुह ए अन्तर्गत विभागीय डर्बीमा त्रिभुवन आर्मी र नेपाल एपीएफ प्रतिस्पर्धामा उत्रनेछन् । अपराजित रहेका दुबै टोली आजको खेलमा पनि जित निकाल्दै समुह विजेताका रुपमा सेमिफाईनल प्रबेशको योजनामा रहेका छन् । यी दुई टोलीबिचको प्रतिस्पर्धा किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ ।
सोहि समय मुलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली नेपाल पुलिसले प्रदेश दुईको सामना गर्नेछ । प्रदेश दुईलाई हराउन सके पुलिस समुह बीको उपविजेताका रुपमा प्रतियोगीताको सेमिफाईनलमा पुग्नेछ । प्रदेश दुईको जितले लुम्बिनीको भाग्य खुल्नेछ ।
लुम्बिनीले बाग्मती प्रदेशसंग हिजो बराबरी खेल्दै अंक बाँडेसंगै पुलिसलाई जित्नैपर्ने दबाव बढेको हो । समुह बीबाट बाग्मती प्रदेश प्रतियोगीताको सेमिफाईनलमा स्थान बनाईसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?