Logo

प्रदेश स्तरीय खुल्ला नकआउट फुटवलको उपाधी झरनालाई

ई-खेलकुद २०७७ फागुन ७ , शुक्रबार ०८:०२ मा प्रकाशित

विवेक मिश्र,मोरङ । मोरङको शुन्दरहरैचामा जारी प्रथम प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी आयोजक झरना युवा क्लव बिराटचोकले हात पारेको छ । सुन्दरहरैचा ९ स्थीत रहेको इन्द्रपुर रंगशालामा शनिवार देखी जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको शुक्रवार झरना युवा क्लव बिराटचोक र धरान सिटि फुटवल एकेडेमि बिच भएको फाईनल खेलमा झरनाले उपाभि चुम्न सफल भएको हो ।
गोल रहित बराबरीमा टुंगिएको खेलको पहिलो हाफ निकै प्रतिस्प्रधात्मक रहेको थियो । दोस्रो हाफमा आयोजकका बिजय भुजेल र धरानका तपन कार्कीले १–१ गोल गरेर खेल बराबरीमा टुंगाए पछि खेलले ट्राईबेकरको बाटो रोज्नुपरेको थियो । ट्राईबेकरमा ५-४ गोल अन्तरमा आयोजक झरना विजयी भएको हो ।
खेलको म्यान अफ दि म्याच आयोजकका मनोज राई घोषित भए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराको साथ झरना युवा क्लवले आयोजना गरेको खुल्ला नकआउट फुटवल प्रतियोगितामा एक नम्बर प्रदेशका विभिन्न आठ टिम सहभागी रहेका थिए ।
प्रतियोगीतामा विजेता टिमले नगद रु १ लाख १ हजार १ सय ११ सहित शिल्ड र प्रमाण पत्र सहित प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पुरष्कार बितरण गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?