Logo

प्रदेश एकबिरुद्ध सुदुरपश्चिमको शानदार जित

ई-खेलकुद २०७७ चैत्र २४ , मंगलबार ०७:०४ मा प्रकाशित

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । आज भएको खेलमा प्रदेश एकलाई ४० रनको फराकिलो अन्तरले हराउदै सुदुरपश्चिमले फाईनल प्रबेशको संभावना कायमै राखेको हो । सुदूरपश्चिमले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश एकको टोली ७ बल अगावै ८९ रनमा समेटियो ।
कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाएको प्रदेश एकको ईनिङसमा अप्सरी बेगमले २२ र संगीता राईले १३ रन बनाईन । निग्मा तामाङले १० रन जोडिन् । प्रदेश–१ लाई सस्तैमा समेट्न सुदूरपश्चिमकी लक्ष्मी साउदले ह्याट्रिकसहित ४ विकेट लिईन् । लक्ष्मी जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी समेत बनेकी छिन् । कविता कुँवर र कविता जोशीको नाममा समान २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाएर १ सय २९ रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा बिन्दु रावलले ५२ रनको योगदान गरिन् । रेवती धामीले ३० र कविता जोशीले २१ रन बनाईन् । प्रदेश एककी शबनम राईले २ विकेट लिईन । ज्योति दनवारको नाममा एक विकेट रह्यो ।
यसअघि आजै भएको खेलमा विभागीय टोली नेपाल एपीएफले ललितपुर मेयर ११ लाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो । जारी प्रतियोगीतामा एपीएफको यो लगातार तेस्रो जित हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?