Logo

पुलिस र फ्रेन्डस क्लबको गोलरहित बराबरी

ई-खेलकुद २०७८ पुस ९ , शुक्रबार ०६:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजको दोस्रो खेल पनि बराबरीमा सकिएको छ । छैटौं चरणको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस र फ्रेन्डस क्लबले गोलरहित बराबरी खेल्दै एक एक अंक हात पारेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले केहि राम्रा अवसर बनाएपनि तीनको सदुपयोग भने गर्न सकेनन् । खेलमा फ्रेन्डसलाई केहि दबाबमा राखेको पुलिसको अग्रपक्ति गोल गर्न भने चुकेको थियो ।

बराबरीसँगै पुलिसको ६ खेलबाट ६ र फ्रेन्डसको ३ अंक भएको छ । जारी लिगमा फ्रेन्ड्सले जित हात पार्न सकेको छैन । पुलिसको भने जारी लिगमा यो तेस्रो बराबरी हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?