Logo

पीएसजी २ अंकको अग्रता लिदै शीर्ष स्थानमा

ई-खेलकुद २०७७ माघ ४ , आईतबार ०६:०१ मा प्रकाशित

एजेन्सी । पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । रेन्जर्सलाई १–० गोल अन्तरले हराउदै पीएसजीले शीर्ष स्थानमा २ अंकको अग्रता लिएको हो । रेन्जर्सको मैदानमा पिएसजीलाई जिताउन लेभिन र्कुजावाले खेलको ७० औ मिनेटमा गरेको गोल पिएसजीको जितमा निर्णायक बन्यो । अधिकांश समयमा रेन्जर्सलाई दबावमा राखेको पीएसजीले पाएका थप आधा दर्जन अवसर खेर गएका थिए । २० खेलबाट ४२ अंक जोडेको पीएसजीले लियोनलाई २ अंकले पछि पारेको हो ।
गएराती नै निम्सले मार्सेलीलाई २–१ गोलअन्तरले हरायो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?