Logo

पीएनजीविरुद्व आरिफ शेखको पनि अर्धशतक

ई-खेलकुद २०७८ चैत्र २ , बुधबार ०५:०३ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गत पपुवा न्यु गिनी पिएनजीविरुद्वको खेलमा आरिफ शेखले पनि अर्धशतक पुरा गरेका छन् । २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा आरिफले अर्धशतक बनाएका हुन् । आरिफले ८० बलको सामना गर्दै २ चौकाको मद्दतमा ५० रन प्रहार गरे । आरिफ र रोहितकुमार पौडेलले पाँचौ विकेटका लागि १ सय २ रनको शतकिय साझेदारी गरेपछि नेपाल लक्ष्यनजिक पुगेको छ । यसअघि रोहितले पनि अर्धशतक प्रहार गरेका थिए । उनी ५८ रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किएका छन् । कमजोर सुरुवात गरेको नेपालका मध्यक्रममा रोहित र आरिफ शेखले संयमित प्रर्दशन गर्दै ईनिङस सम्हालेका हुन् ।
माथिल्लो क्रमका कुशल मल्ल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी सस्तैमा पभेलियन फर्किएपछि संकटमा परेको नेपाली ईनिङस आरिफ र बिनोद भण्डारीले सम्हालिरहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?