Logo

पीएनजीद्वारा नेपालसामु २ सय ५ रनको सामान्य चुनौती

ई-खेलकुद २०७८ चैत्र २ , बुधबार ०३:०३ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी पीएनजीले नेपालसामु २ सय ५ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । यूएईको सारजाहस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पीएनजीले ८ विकेट गुमाएर २ सय ४ रनको योगफल तयार पारेको हो । चार्ल्स अमिनीले ५९ रन बनाएको उसको ईनिङसमा चाद सोपरले ३५, टोनी उराले २७, लेगा सियकाले २५ रन बनाए । नोरमान भानुले २३ असद भालाले १९ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेन्् । नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक विकेट लिए । एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो पहिलो विकेट समेत हो ।
नेपालले लिग टुको तेस्रो सिरिज खेलिरहेको हो । युएई समेत सहभागी सिरिजमा नेपाली टोली सुखद सुरुवातको योजनामा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?