Logo

पिसिआर परिक्षण नहुँदा उडान छुट्यो, महिला टोली बसमा नेपाल फर्कदै

ई-खेलकुद २०७८ कात्तिक २५ , बिहीबार ०४:११ मा प्रकाशित

काठमाडौं । अभ्यास खेलका लागि बंगलादेशबाट युएई जाने तयारीमा रहेको राष्ट्रिय महिला क्रिकेट टोली आज काठमाडौं फर्कदैछ । ढाकामा रहेको टोली स्थलमार्गबाट नेपाल आउन लागेको हो । मैत्रीपुर्ण खेलका लागि ढाकाबाट युएई जाने कार्यक्रम रहेपनि समयमा पिसिआर परिक्षण हुन नसक्दा टोली युएई जान पाएन् । आबुधाबीको उडान छुटेपछि टोली बसबाट नेपाल फर्कन लागेको हो । नेपाली टोली आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीमा छ ।
क्यानले यस विषयमा टिम व्यवस्थापकसँग औपचारिक प्रतिवेदन माग गरेको छ । नेपाली टोली आज साँझ नेपाल आइपुग्ने क्यानले जनाएको छ । नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका छन् भने टिम व्यवस्थापक जयन्ती भट्ट हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?