Logo

पिएनजीविरुद्व कुशल भुर्तेलको अर्धशतक

ई-खेलकुद २०७८ चैत्र ८ , मंगलबार ०४:०३ मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पपुवा न्युगिनी पिएनजीविरुद्वको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । १ सय ७४ रनको लक्ष्यसहित जवाफि व्याटिङमा रहेको नेपालले उत्कृष्ट जवाफ फर्काउँदै लक्ष्यउन्मुख भएको छ । भुर्तेलले ६३ बलको सामना गर्दै ३ चौका र एक छक्काको मद्दतमा अर्धशतक पुरा गरेका हुन् । दोस्रो विकेटका लागि कुशल र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल दोस्रो जित नजिक पुगेको छ ।
यसअघि पिएनजीविरुद्वको पहिलो खेलमा रोहित पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?