Logo

पारस खड्का दशकका उत्कृष्ट एसोसिएट खेलाडीको मनोनयनमा

ई-खेलकुद २०७७ मंसीर ९ , मंगलबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्ब कप्तान तथा अलराउण्डर पारस खड्का आईसीसीको दशककै उत्कृष्ट एसोसिएट खेलाडीको अवार्डको मनोनयनमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले नेपालका पुर्ब कप्तान खड्का सहित यो सुचीमा ६ खेलाडीलाई मनोनयनमा राखेको हो । यो बिधाको अवार्डका लागि उनले स्कटल्याण्डका केल कोएटजर, कालुम म्याकलिओड, रिची विरिङटोन, पपुवा न्यु गीनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरेनसंग प्रतिस्पर्धा गनुपर्नेछ ।
सन् २०११ यता अन्तराष्ट्रिय क्रिकेटमा भएको प्रर्दशनका आधारमा आईसीसीले मनोनयन सार्बजनिक गरेको हो । उत्कृष्ट खेलाडीको छनोट भोटिङ सहित आईसीसीले तोकेका अन्य मापदण्डका आधारमा हुनेछ । मनोनयनमा परेका खेलाडीलाई आगामी डिसेम्बर १८ सम्म भोट गर्न सकिने आईसीसीले जनाएको छ ।
आईसीसीले एसोसिएटका उत्कृष्ट खेलाडीसंगै अन्य १० बिधाको मनोनयन पनि सार्बजनिक गरेको हो ।

Vote For Paras:

https://www.icc-cricket.com/awards/awards-of-the-decade/mens-associate-player-of-the-decade?fbclid=IwAR1AFEiUKkY472dz2hASyH0XIpLbQS0mIvWxIecc8S_bn-7HyXYMAHyRlrQ


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?