Logo

पाकिस्तानविरुद्धको वन डे सिरिज ईङल्याण्डद्धारा क्लिनस्वीप

ई-खेलकुद २०७८ असार ३० , बुधबार ०७:०७ मा प्रकाशित

एजेन्सी । पाकिस्तानविरुद्धको वन डे सिरिज घरेलु टोली इंग्ल्यान्डले क्लिनस्वीप गरेको छ । गएराती भएको तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोलीलाई ३ विकेटले हराउदै ईङल्याण्डले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।
पाकिस्तानले दिएको ३ सय ३२ रनको लक्ष्य इंग्ल्यान्डले १२ बल अगाबै ७ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सले १ सय २ रनको योगदान गरे । भिन्सले आफ्नो करियरकै पहिलो शतक प्रहार गरेका हुन् ।
लेविस ग्रेग्रोरीले ७७ र जाक क्रलीले ३९ रनको योगदान गरे । फिल साल्टले ३७ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे । पाकिस्तानका हरिस राउफले ४ तथा शादब खानले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रनको उच्च योगफल तयार पारेको थियो । कप्तान बाबर आजमले सर्बाधिक १ सय ५८ रन बनाएको पाकिस्तानको ईनिङसमा महम्मद रिजवानले ७४ र इमाम उल हकले ५६ रन जोडे ।
इंग्ल्यान्डका ब्रेडन कार्सेले ५ तथा सकिब मोहमुदले ३ विकेट लिए । वन डेपछि यी दुई राष्ट्रविच समान खेलको टी–ट्वान्टी सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?