Logo

पाकिस्तानमा ईङ्लिश टोलीले ७ वटा टी–२० खेल्ने

ई-खेलकुद २०७८ कात्तिक २४ , बुधबार ०३:११ मा प्रकाशित

एजेन्सी । १६ बर्षपछि पाकिस्तान भ्रमणमा निस्कन लागेको इङ्ल्याण्डले घरेलु टोलीसँग ७ वटा टी–२० क्रिकेट खेल्ने भएको छ । दुई मुलुकका क्रिकेट बोर्डका अधिकारीहरुको छलफलपछि ७ वटा खेल खेल्ने निश्चित भएको हो ।

यसअघि ईङल्याण्डले पाकिस्तानसँग ५ वटा खेल खेल्ने तय भएको थियो । इङ्ल्याण्डले सन् २०२२को सेप्टेम्बरदेखि अक्टोबरसम्म पाकिस्तानको भ्रमण गर्नेछ । अष्ट्रेलियासँगको सिरिजपछि ईङ्लिश टोली ईस्लामाबादको लामो भ्रमणमा निस्कनेछ । सो क्रममा यी दुई राष्ट्रबिच तीन म्याचको टेष्ट सिरिज पनि हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?