Logo

पाकिस्तानबिरुद्ध न्युजिल्याण्ड बलियो

ई-खेलकुद २०७७ पुस १२ , आईतबार ०९:१२ मा प्रकाशित

एजेन्सी । पाकिस्तानबिरुद्धको पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली न्युजिल्याण्ड बलियो बनेको छ । आफ्नो पहिलो ईनिङसमा किबिज टोलीले ४ सय ३१ रन बनाउदै भ्रमणकारी टोलीलाई दबावमा राखेको हो । ३ विकेट गुमाएर २ सय २२ रनबाट दोस्रो दिनको खेल थालेको किबिज टोलीले थप २ सय ९ रन जोड्दा अलआउट भयो । कप्तान केन विलियम्सनले १ सय २९ रन बनाएको न्युजिल्याण्डको ईनिङसमा बिजे वाटलिङले ७३, रोस टेलरले ७० र हेनरी निकोल्सले ५६ रन बनाए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदिले ४ तथा यासिर शाहले ३ विकेट लिए । महम्मद अब्बास, फाहिम असरफ र नासिम शाहले समान एक विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?