Logo

पाकिस्तानबिरुद्ध न्युजिल्याण्डको सहज जित

ई-खेलकुद २०७७ पुस ३ , शुक्रबार ०७:१२ मा प्रकाशित

एजेन्सी । पाकिस्तानविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ । अकल्याण्डमा भ्रमणकारी टोलीलाई ५ विकेटले हराउदै किबिज टोलीले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो ।

पाकिस्तानले दिएको १ सय ५४ रनको चुनौती न्युजिल्याण्डले ७ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा टिम सेफर्टले ५७ रनको योगदान गरे । मार्क च्यापम्यानले ३४ र मिचेल सेन्टनरले अबिजित १२ रन बनाए । पाकिस्तानका ह्यारिस रौफले ३ तथा शहिन अफ्रीदीले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर १ सय ५३ रनको सममानजनक योगफल तयार पारेको थियो । कमजोर सुरुवात गरेको पाकिस्तानको ईनिङस मध्य र पछिल्ला क्रमका ब्याट्सम्यानले उकासेका थिए ।

शादाब शानले सर्वाधिक ४२ रन बनाएको ईनिङ्समा फहिम असरफले ३१, इमाद वासिमले १९, मोहमद रिजवानले १७ र खुशदिल शाहले १६ रन बनाए । न्युजिल्याण्डका जाकोव डोफिले विकेट हात पारे ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?